Monday, April 23, 2012

बिहानी



रातको त्यो कालो बादल छाएको, टलछ कि भनि हेर्दै
किरणको आशमा पल्लो छेउमा एक्लै म कठ्यांग्रिदै ||
आफ्नो लागि केहि बनाउछु भनि,आफ्नो पालो कुर्दै
डांडाको त्यो लामो यात्रा, आफै नै एक्लै चढ़दै ||

पहिलो आभाष संगै चिर-बिर आवाज मेरो कानमा परेको
एसो विचार्दा लाग्छ, आएछ कि क्या रे मेरो पनि पालो |
मलाई अँध्यारोले ढाके पनि, अब रहदैंन त्यो डरलाग्दो
शितल बतास संगै आउछु, अंगाली आफैमा उज्यालो ||

खुशीको मुस्कानहरु लीई, छर्न ती'लाई सबैको माझमा
हिमचुलीको शीरमा देखा पर्छु,एउटा रत्न उसको ताजमा |
सबै अन्धकार हटाई, एउटा नयाँ पलको सुरुवात गर्ने होडमा
गज़बको कुरा बोकी आउदछु, पहिलो पहरको मोडमा ||

No comments:

Post a Comment